शुक्रबार, बैशाख १४, २०८१

भद्र सहमतिको सवालमा सत्तासाझेदार प्रमुख दुइ दलका शीर्ष नेताहरुवीच अर्थपूर्ण भेटवार्ता

काठमाडौ आश्विन २०,  प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवाटारमा सरकार गठनलगायत समसामयिक विषयमा अर्थपूर्ण भेटवार्ता भएको छ ।  सत्तासाझेदार प्रमुख दुइ दलका शीर्ष नेताहरुवीच भएको आजको यो भेटवार्ता आफैमा अर्थपूर्ण हुँनुको अलावा भेटवार्ताको क्रममा उहाँहरुवीच राष्ट्रपति डा susil-koirala-and-kp-oliरामवरण यादवले सहमतिका आधार नयाँ प्रधानमन्त्रीको चयनका लागि आह्वान एवम् १६ बुँदे सहमति हुँदा गरिएको भद्र सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

यद्यपी काँग्रेसले सरकार गठनको सवालमा बिहीबार बस्ने बैठकले नितिगत निर्णय गरेको छ भने एमाले स्थायी समितिले नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई उम्मेदवार बनाउने निर्णय यसअघिनै गरिसकेको छ ।