शुक्रबार, चैत्र १६, २०८०

बहुमतीय प्रक्रिया अन्र्तगत शुक्रवार सभामुख चयन गरिने

काठमाडौ आश्विन २८, व्यवस्थापिका–संसद् सचिवालयले सहमतिका आधारमा सभामुख चयन हुन नसकेपछि गर्ने सचिवालयले बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन प्रक्रिया सुरु भएको जानकारी दिएको छ ।  सचिवालयले नयाँ निर्वाचन कार्यतालिका प्रकाशित गरी सभामुख चयनका लागि प्रस्तावित सहमतिय bicc-1कार्यतालिका अनुरुप कार्यसम्पादन नभएपछि शुक्रबार बिहान ११ः३० बजे सभामुखको निर्वाचन प्रक्रिया सुरु होस् भन्दै बहुमतीय प्रक्रिया अन्र्तगतको प्रस्ताव दर्ता गर्न आग्रह गरेको छ ।

व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा शुक्रबार १४ः३० बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने १५ः०० बजे सभामुखको निर्वाचन हुने उल्लेख छ ।  यस्तै सूचनामा उपसभामुखको चयन प्रक्रिया भने शुक्रबार साँझ ५ बजे व्यवस्थापिका–संसद्को बैठकमा अगाडि बढाइने जनाईएको छ । यसअघि एमाओवादीले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दिने बताएपनि हालसम्म कुनै नाम सार्वजनिक गरेको छैन ।