मङ्लबार, बैशाख ४, २०८१

बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउ : राष्ट्रपति यादव

काठमाडौ आश्विन २२, राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाउन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा २०७२ साल असोज १५ गते images (6)शुक्रबारको समयावधि भित्रमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकाले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम सो प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको हो ।

यसअघि राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा, २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930