बुधबार, बैशाख १२, २०८१

बसन्तपुर दरवार क्षेत्रमा तेस्रो मुलुकका पर्यटकका लागि लिइदै आएको शुल्कमा वृद्धि

काठमाडौ कात्तिक १,  हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिले सम्पदा पुनःनिर्माणका लागि कोष स्थापना गरेको छ । दरबार क्षेत्रमा भएका ऐतिहासिक महत्वका प्राचीन तथा सांस्कृतिक सम्पदा गत बैशाख १२को महाभूकम्पका कारण सोको जिर्णोद्धारका लागि भन्दै प्रस्तुत कोष स्थापना गरेको प्राप्त समाचारमा DSCN3239उल्लेख गरिएको छ।

त्यस्तै समाचारमा कोषमा दरबार क्षेत्रमा घुम्न आउने पर्यटकहरुसंग यसअघि लिइदै आएको शुल्कमा वपृद्धि गर्दै रु एक हजार पु९याएको छ । यसअघि प्रति तेस्रो मुलुकका पर्यटकसंग रु ७५० र लिइदै आएको थियो । यसरी वृद्धि गरिएको शुल्क अन्र्तगत प्रत्येक टिकटबाट प्राप्त हुने रु २५० लाई कोषमा सङ्कलन गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । त्यस्तै सार्क मुलुकका नागरिकलाई रु १५० शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएकोमा त्यसलाई अहिले यथावत् राखिएको कामपाले जनाएको छ ।  काठमाडौँ महानगरपालिका अन्र्तगत दरवार क्षेत्रमा सञ्चालित दरवार क्षेत्र संरक्षण कार्यक्रममका कार्यक्रम प्रमुख नरेन्द्र बज्रार्चायलाइ उदृत गर्दै प्राप्त समाचारमा गत वर्ष प्रतिदिन करिब ४०० पर्यटक आउने गरेकामा महाभूकम्प पछि दरवार क्षेत्रमा आउँने पर्यटकको सङ्ख्या घटेर करिब २५०को हाराहारीमा रहेको उल्लेख गरिएको छ ।