शुक्रबार, चैत्र १६, २०८०

बडादसैँको अवसमा शुभकामना सन्देश दिदै प्रमओलीले भने सात दशकदेखिको जनचाहना संस्थागत भएको छ

काठमाडौ कात्तिक ५, प्रधानमन्त्री केपी शर्मा ओलील बडादसैँ २०७२ को उपलक्ष्यमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै दिनुभएको शुुभकामना सन्देशमा संविधानसभाबाट संविधान जारी भएसँगै करिब सात दशकदेखिको kp_oli_pmजनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताउनुभएको छ ।

त्यस्तै प्रम ओलीले दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताको लामो र अथक सङ्घर्षको परिणामस्वरूप जननिर्वाचित संविधानसभाबाट गएको आश्विन ३ गते नेपालको संविधान जारी भएको उल्लेख गर्दै मुलुकमा चाडपर्वका बेला नेपाली जनताले भोग्नुपरेको अनुचित पीडाप्रति आफू अत्यन्तै संवेदनशील र दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले अब मुलुकलाई आर्थिकरूपमा समृद्धिको दिशामा अघि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

त्यस्तैगरि मधेस केन्द्रित दलहरूका जायज मागलाई सम्बोधन गर्न सरकारका तर्फबाट आफूले पत्राचारसमेत गरिसकेको उल्लेख गर्दै उहाँले संविधान निरन्तर गतिशीलताको एउटा दस्तावेज भएकाले त्यसमा केही कमीकमजोरी छन् भने पनि सार्थक वार्ता र संवादका माध्यमबाट त्यसलाई सच्याउन सकिने भएकाले आन्दोलनरत मधेस केन्द्रित दलहरूलाई बडादसैँको यस अवसरमा फेरि एकपटक आन्दोलन रोकी वार्तामा आउन आह्वान गर्दछु प्रम ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै गरि हाम्रो मुलुक बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा रीतिरिवाज, संस्कृति र सुन्दर परम्पराहरूले आम नेपालीलाई शदियौंदेखि एक आपसमा जोड्दै आएको छ । यो कुरा हाम्रा लागि गौरबको विषय पनि हो । गौरवपूर्ण यस्तो इतिहासलाई निरन्तरता दिँदै मुलुकलाई एकताबद्ध र अखण्ड राख्न हामी सबै लागिपरौँ भन्ने आह्वान गर्नुभएको छ ।