शनिबार, बैशाख ८, २०८१

प्रम ओली र गृहमन्त्री बस्नेतद्दारा सुरक्षाकर्मी र सचिवालयका साधन कटौती

काठमाडौ कात्तिक ९, भारतीय नाकाबन्दीका कारण मुलकमा हुँदै आएको पेट्रोलियम पदार्थको चरम अभावको समस्यालाइ दृष्टिगत गर्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सचिवालयमा रहेका सवारीसाधनको सङ्ख्यामा कटौती गर्न निर्देशन दिनुभएको छ । त्यस्तै प्रम ओलीले यस्तो kp-sharma-oli_240x180_51444563502निर्देशन दिएलगत्तै प्रमको सचिवालयले सवारीसाधनको परिचालनमा मितव्ययिता अपनाउनुको अलावा सुरक्षामा खटिने सुरक्षाकर्मीको सवारीसाधनको सङ्ख्या समेत घटाइसकिएको प्रम सचिवालयले जनाएको छ ।

यसैवीच इन्धनको जारी चरम सङ्कटका कारण गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि आफ्नो सुरक्षा सुविधा कटौती गर्नुभएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री बस्नेतले आज ३ वटै सुरक्षा निकायका प्रमुखको बैठकमा नागरिक इन्धन सङ्कटमा परेर हैरानी खेप्न बाध्य भएको अवस्थामा राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएको भन्दै सुरक्षा सुविधा कटौतीको प्रस्ताव गर्दै प्रस्तुत प्रस्ताव लागू गरिएको गृहले जनाएको छ ।