मङ्लबार, बैशाख ४, २०८१

पत्रकार महासंघद्दारा हिंसाजन्य धम्कीको भत्र्सना

काठमाडौं आश्विन १७, कान्तिपुर दैनिकका बर्दिया सम्वाददाता कमल पन्थीलाई समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत भौतिक कारबाहीको धम्की दिइएकोमा नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।
release 17 asojमहासंघ बर्दिया शाखाका लाई उदृत गर्दै आज महासंघका महासचिवद्दारा जारी विज्ञप्तिमा २०७२ आश्विन १५ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारमाथि टिप्पणी गर्दै मुकेश चौधरी भन्ने व्यक्तिले पन्थीलाई ‘चौराहामा लगेर जलाउने पर्ने हो’ भनी फेसबुकमा टिप्पणी लेखेका थिए । हाल उनलाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा महासंघले समाचारको विषयलाई लिएर गरिने यस्ता हिंसाजन्य अभिव्यक्ति र धम्कीको कडा शब्दमा भत्र्सना गर्दै दोषीमाथि कानुनी कारवाही र पीडित पत्रकारको भरपर्दो सुरक्षा व्यवस्थाको माग गरेको छ ।