बुधबार, बैशाख १२, २०८१

पत्रकारलाइ ज्यान मार्ने धम्की दिएकोमा युनियनद्दारा आक्रोश व्यक्त

काठमाडौं आश्विन १६,  आश्विन १५ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर उक्त दैनिक बर्दियाका सम्वाददाता कमल पन्थीलाई नेपाल press unionराष्ट्रिय निम्न माध्यमिक विद्यालय गुलरियाका राहत शिक्षक मुकेश चौधरीले चौराहामा लगेर जलाउनु पर्ने अभिव्यक्ति दिएको घटनाको नेपाल प्रेस युनियनले उक्त अभिव्यक्तिको भत्सर्ना गर्दै आक्रोश व्यक्त गरेको छ ।
नेपाल प्रेस युनियनबा महासचिव अजयबाबु शिवाकोटीद्दार आज जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा जलाउने धम्की दिने तथा त्यसमा थप प्रतिक्रिया दिने उपर कारवाही र जीवन रक्षाको माग गर्दै पत्रकार पन्थीले जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दर्ता गरेको युनियनलाई जानकारी गराउनुभएको उल्लेख गएिको छ । आफ्नो पेशामा प्रटिवद्ध पत्रकारलाई सामाजिक सञ्जालमा आपत्तीजनक अभिव्यक्ति दिने र त्यसमा प्रतिक्रिया दिने कार्य खेदजनक भएको ठहर गर्दै युनिययनले यस्तो आक्रोश व्यक्त गरेको हो ।

त्यस्तै विज्ञप्तिमा समाचारमा चित्त नवुझे कानूनी प्रकृयाबाट समाधान गर्न सक्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई जिउँदै जलाउनेसम्मको अभिव्यक्ति दिने कार्यको निन्दा गर्दै घटनामा संलग्न दोषीलाई अविलम्व कारवाहीको माग गरेको छ ।