शुक्रबार, चैत्र १६, २०८०

नेता भट्टराईले एमाओवादी भत्केको घरसरह भइसक्यो भन्दै गरे नयाँ पार्टी खोल्ने उद्घोष

काठमाडौं आश्विन १७ , एमाओवादी पार्टी परित्याग गरेर तराई मधेसका जिल्लाको दौडाहामा रहनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक उपलब्धिलाई जोगाउन भन्दै नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । रुपन्देहीमा आयोजित एक विशाल विरोधसभालाई सम्बोधन गर्दै उहाँले baburam-bhattarai  यस्तो उद्घोष गर्नु भएको हो ।

त्यस्तै उहाँले अव मुलुकको समृद्धिका लागि पुरानो शक्तिबाट आर्थिक क्रान्ति सम्भव नभएको र यसको लागि नयाँ शक्तिको निर्माण आवश्य रहेको जिकिर गर्दै नयाँ पार्टीको परिल्पना गरिएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । साथै नेता भट्टराईले पार्टी परित्याग गर्नु पर्नाका् कारण खुलासा गर्दै भन्नुभयो एमाओवादी एउटा भत्केको घरसरह भइसक्यो, भूकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाओवादी पार्टीमा पनि रेड स्टिकर लागे को छ र त्यो रेड स्टिकर लागेको घरमा बस्न जोखिम भएकालेनै आफु पार्टीबाट बाहिरिए बताउँनु भएको छ ।