शनिबार, बैशाख ८, २०८१

नाकाबन्दी विवाद मिलाउँन उपप्रधानमन्त्री थापा शनिबार भारत जाँदै

काठमाडौ आश्विन २८, नेपाल–भारत सीमानाकामा भारतीय पक्षको अघोषित नाकाबन्दीका कारण जारी अवरोध हटाउन आवश्यक वार्ताका लागि उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा आगामी शनिबार नयाँदिल्ली जानुहुने भएको छ ।  ३ दिने  भ्रमणका क्रममा उपप्रधानमन्त्री थापा नेतृत्वको टोलीले भारतका images (34)विदेश मन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग दुई मुलुकबीच यातायात र पारवहनको क्षेत्रमा उत्पन्न समस्या समाधानमा केन्द्रित रहेर वार्ता गर्ने भएको छ।

परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिका व्यवधान हटाउनेमा केन्द्रित रहेर छलफल गर्ने बताउँदै प्रस्तुत भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन मद्दत मिल्ने र व्यापार, पारवहनलगायत पछिल्ला जटिलता हल गर्न आफू सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।