शनिबार, बैशाख ८, २०८१

नव निर्वाचित प्रम केपी ओलीले लिए सपथ

काठमाडौं आश्विन २५, नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामवरण यादवसँग राष्ट्रपति कार्यालयमा एक विशेष कार्यक्रममा पद तथा images (32)गोपनियताको सपथ लिएका छन् । समारोहमा विजय गच्छदार र कमल थापाले पनि उप प्रधानमन्त्रीको सपथ लिएका छन् ।  सपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री सुशील कोइरालासहित उच्च पदस्थ अधिकारीहरु उपस्थित छन् ।

त्यस्तै मन्त्रीहरुमा अग्नी खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल र हरिबोल गजुरेल र रामकुमार सुब्बालाई मन्त्री पदको शपद दिलाएका छन्। खरेल, पाण्डे र मण्डल एमालेकोटामा मन्त्री बनेका हुन भने गजुरेल र राई क्रमशः एमाओवादी र राप्रपा नेपालको कोटामा मन्त्री बनेका हुन्। उनै पनि मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन।