मङ्लबार, बैशाख ११, २०८१

नवनिर्वाचित राष्ट्रपति भण्डारीद्दारा पार्टी र संसदको जिम्मेवारीबाट अलग भएको घोषणा

काठमाडौ कात्तिक १२, नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित भएकाले नेकपा एमालेको उपाध्यक्ष, पार्टी nepal3सदस्य र व्यवस्थापिका–संसद्को सदस्यको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज एक प्रेस विज्ञप्ति जारी गरी “नेपालको संविधानको धारा २९७ बमोजिम २०७२ कात्तिक ११ गते भएको निर्वाचनबाट नेपालको राष्ट्रपति पदमा निर्वाचत भएको सन्दर्भमा यस पदको गरिमा र संविधानप्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न सो जिम्मेवारीबाट अलग भएको र प्रस्तुत घोषणा कात्तिक ११ गतेदेखि लागू हुने पनि उल्लेख गर्नु भएको छ ।

साथै आफूलाई राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पु-याउन सहयोग गर्ने पार्टी, पार्टीका कार्यकर्ता, अन्य राजनीतिक दल, व्यवस्थापिका–संसद्का सबै सदस्य र आमजनतालाई पनि उहाँले विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ ।