बिहिबार, चैत्र १५, २०८०

नवनिर्वाचित प्रम केपी ओलीले आज पद तथा गोपनियताको सपथ लिदै

सानो आकारको मन्त्रीमण्डल पनि आजै विस्तार हुँने

images (32)काठमाडौ आश्विन २५, नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिंदै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच उहाँले आज दिउँसो १ बजे राष्ट्रपति डा रामवरण यादवले पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । सपथग्रहण सामारोहमा सरकारका विशिष्ट अधिकारी, सबै दलका शीर्ष नेताहरु, कुटनीतिक नियोगका प्रमुखको उपस्थितिको लागि आमन्त्रण गरिएको शीतल निवाससूत्रले जनाएको छ। 

त्यस्तै एमाले अध्यक्ष एवम् नवनिर्वाचित प्रधानमन्त्री ओलीले सपथ पछि आजै प्रमको कार्यभार पनि सम्हाल्दै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्नुहुने भएको छ ।  मन्त्रिमण्डल विस्तारका लागि एमाओवादी, राप्रपा नेपाल र लोकतान्त्रिक मोर्चावीच भएको सहमतिअनुसार एमालेले ९, एमाओवादीले ७ र राप्रपा नेपालले ३ मन्त्रालय लिने सहमति भइसकको छ ।  ओलीको मन्त्रिपरिषदमा पहिलो चरणमा एमालेबाट भीम रावल, विष्णु पौडेल र अग्नी खरेल जाने सम्भावना रहेको एमाले उच्च स्रोतले जनाएको छ। त्यस्तै एमाओवादीबाट कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी मध्ये एकजना, राप्रपा नेपालबाट भने अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिककलाई कतिवटा मन्त्रालय दिने भन्ने निश्चित नभएपनि लोकतान्त्रिकबाट प्रारम्भिक चरणमा विजयकुमार गच्छदार जाने तयारी भएको छ । आज कुनै पनि मन्त्रालय नतोकि मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेकोरहेको सम्वद्धस्रोतले जनाएको छ।