बिहिबार, बैशाख १३, २०८१

देवी कुमारीद्दारा तुलजा भवानीको दर्शन

काठमाडौँ कात्तिक ५ ,राजधानीको हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिरमा आज जिवीत देवी कुमारीलाई दर्शन गराइएको छ । प्रत्येक वर्ष download (35)talejuआश्विन शुक्ल महानवमीका दिन तुलजा देवीको श्री कुमारीले दर्शन गर्ने परम्परा रहिआएको छ । तुलजा देवीको दर्शनका लागि श्री कुमारीलाइ लाइ बसन्तपुरस्थित कुमारीघरबाट विधि पूर्वक कुमारीलाई तलेजु मन्दिर लगिएको थियो ।

साथै आजै सर्वसाधारण भक्तजनहरुका लागि पनि तल्जु मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ । भक्तजनलाई साँझ ५ः०० बजेसम्म दर्शनको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।