शुक्रबार, बैशाख १४, २०८१

तीन दलीय वार्ताटोली मधेसी मोर्चाबीच आज पनि वार्ता हुँदै

मोर्चाले औपचारिक वार्ता सुरु गर्न राखेको पाँचबुँदे सर्तप्रति सरकार र प्रमुख तीन दल सकारात्मक

काठमाडौ आश्विन १५, तीन दलीय सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच विहिवार तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा भएको वार्ता सौहार्दमय वातावरणमा टुङगीएको बुझिएको छ । वार्तामा तराईमा आन्दोलनका क्रममा भएका घाइतेको उपचार, गिरफ्तार भएकाको bijaya-kumar4 download (8)रिहाइ, मृतकका परिवारलाई राहत दिने कार्य अघि बढाइने, दङ्गा क्षेत्र हटाई सुरक्षाकर्मी सामान्य जिम्मेवारीमा फर्कनुपर्ने लगायत विषयमा सकारात्मक छलफल भएको वार्ताटोलीका सदस्य महेश आचार्यलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै वार्तापछि पत्रकारसंग कुरा गर्दै तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले मोर्चाले पहिलेदेखि नै वार्ताको उचित वातावरण बनाउनका लागि आग्रह गरेको र सरकारले अझै केही काम गर्न बाँकी रहेको जानकारी दिदै छलफल हुन बाँकी विषयमा शुक्रवार फेरि वार्तमा बस्ने सवालमा भएको सहमति अनुरुप आज पनि वार्तामा हुँन लागेको हो ।  आजको वार्तामा मुलत दुवै पक्ष ठोस प्रस्तावमा केन्द्रीत हुँने  बताइएको  छ । त्यस्तै   मधेसी मोर्चाले औपचारिक वार्ता सुरु गर्न राखेको पाँचबुँदे सर्तप्रति सरकार र प्रमुख तीन दल सकारात्मक रहनुको   अलावा  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पनि आन्दोलनरत पक्षका मागअनुसार सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएका बाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरुलाई रिहा गर्न सकिने बताउँदै त्यसका लागि आन्दोलनरत दलले बन्द हड्ताल र सीमा नाकामा अवरोध तत्काल रोक्नुपर्नेमा जोड दिएको छ । आज बिहान ९ बजेपछि छलफल हुने नेताहरुले बताएका छन् ।