शुक्रबार, बैशाख १४, २०८१

तीन दलीय टोली र मोर्चावीचको वार्तामा सीमाङ्कनमा हलो अड्क्यो ,शुक्रबार पुन अर्को चरणको वार्ता हुँने

काठमाडौ आश्विन २० , प्रमुख तीन दलीय वार्ता टोलीले सीमाङ्कनको विवादलाई सङ्घीय आयोगको ठहर गरेअनरुप राजीतिक सहमतिका आधारमा मिलाउँदै जाने प्रस्ताव गरेपछि तीन दलीय वार्ता टोली र मधेसीमोर्चाको वार्ताटोली बीच भएको आजको वार्तामा केहि अन्यौलता देखिएको छ ।
11102आजको वार्तामा सीमाङ्कनको विवादका सवालमा मोर्चाले अहिले नै त्यसबारे ठोस प्रस्ताव ल्याउन र सहमति खोज्न माग गरेपटि यस्तो अन्यौलता देखिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले विज्ञसँगको परामर्श एवम् राजनीतिक सहमति गरेर निकारण गर्दै जाने प्रस्ताव गर्दै गर्दा सीमाङ्कनमा सहमति नभएसम्म आन्दोलन फिर्ता नहुने मोर्चाले अडान लिएको उल्लेख गरिएको छ । यद्यपी प्रस्तुत प्रसंगमा थप गृहकार्य सहित शुक्रबार पुनः वार्ता गर्ने समझदारी कायम गर्दै आजको वार्ताको टेवललाई विश्राम दिएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै मोर्चाका तर्फबाट वार्तामा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ता पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै राज्यले घाइतेको निःशुल्क उपचारका सवालमा गम्भीरतापूर्वक माग गरेकामा केही सकारात्मक स्थिति देखिएपनि निषेधाज्ञा हटाउने, संवैधानिक प्रश्नमा सम्बोधन गर्ने विषयमा तीन दलबाट गम्भीर नभएको र ठोस कार्यसूची नआएको गुनासो गर्नु भएको उल्लेख गरिएको छ ।