बिहिबार, बैशाख १३, २०८१

चीनबाट अनुदानमा इन्धन ल्याउने सम्झौताको अन्तिम तयारी हुँदै , मंगलबार सम्ममा ईन्धन राजधानी आइपुग्ने

इन्धन पठाउँने तयारी गरेसंगै मधेसी मोर्चाका कार्यकर्ता र नेताहरु अत्तालिए

काठमाडौ कात्तिक ८, वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट अनुदान प्राप्त इन्धन ल्याउने आवश्यक तयारी imagesभइरहेको बताउनुभएको छ । आज मन्त्रालयमा नेपाल आयल निगमका पदाधिकारीसँगको बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले एक–दुई दिनभित्रै इन्धन प्राप्त गर्नका निम्ति सबै तयारी भइरहेको जानकारी दिनुभएको हो ।

त्यस्तै उहाँले चिन सरकारबाट अनुदानमा प्राप्त हुँने इन्धनका ढुवानी लगायतको व्यवस्थापनका लागि नेपालको तर्फबाट एक टोली छिट्टै त्यता पठाउने प्रक्रियामा समेत सुरु भएको बताउँनुको अलावा एनओसीका पदाधिकारीहरुलाइ पनि आइओसीसंग छलफल अघि बढाउन आग्रह गर्दै मुलुकमा देखिएको इन्धनका  आवश्यकता अनुरूपको चरम अभावको सम्बोधन नै अहिलेको मुख्य प्रसंग भएको बताउँनु । यसको लागि जुनसुकै तरिकाले जहाँसुकैबाट, जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि छिमेकी देश वा अन्य देशबाट इन्धन ल्याउनेबारे परामर्श भइरहेको पनि मन्त्री पुनलेरी त्यस क्रममा जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच भारतको अघोषित नाकाबन्दी पछि चीनबाट ईन्धन ल्याउने प्रकृया अघि बढेको बेला नाका खुलेको छ। चीनले अनुदानमा दिने भनिएको एक हजार मेट्रिक टन ईन्धन केरुङ हुँदै रसुवागढी नाकाबाट भित्राउने सरकारको योजना रहेको छ भने मंगलबार सम्ममा ईन्धन पठाउने तयारीका साथ चीनले नाका सञ्चालन गरेको बुझिएको छ। साथै आपूर्तिका लागि वाणिज्य मन्त्रालयले सम्झौता गर्ने तयारी गरेको छ। साथै चिन सरकारले नेपाललाइ इन्धन दिने भएपछि मधेसी मोर्चाले भने तराइमा चिन विरोधी अभियान सुरु गर्ने तयारी गरेको बुझिएको छ । यसैक्रममा चिनले् केरुङ हुँदै रसुवागढी नाकाबाट इन्धन पठाउँने तयारी गरेसंगै मधेसी मोर्चाका कार्यकर्ता र नेताहरु अत्तालिएका छन