बिहिबार, बैशाख ६, २०८१

कावा प्रम कोइराला र परिवार दलका अध्यक्ष ढकालवीच भेटवार्ता

सहमतिकोलागि प्रमुख दलहरुबीच पहलकदमी लिन अध्यक्ष ढकालको सुझाब

काठमाडौं आश्विन २४, व्यवस्थापिका–संसदको आज बस्ने बैठकले बहुमतीय प्रक्रियाद्वारा मुलुकको ३८ औं प्रधानमन्त्रीको चयन गर्ने क्रममा कावा प्रधानमन्त्री सुशील कोइरालाले आफुलाइ मतदान गर्न आग्रह गर्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसंग विशेष भेटबार्ता गर्नु भएको छ । प्रधानन्त्री निवास 12092438_899769226745264_388487757_nबालुवाटारमा भएको उक्त भेटमा कावा प्रधानमन्त्री कोइरालाले मुलुक गम्भीर मोडमा रहेको भन्दै उहाँले यस्तो आग्रह गर्नु भएको परिवार दललाई आग्रह गर्नु भएको हो ।

कावा प्रमको यस्तो आग्रहको प्रतिउत्तरमा अध्यक्ष ढकालले बिगतको भद्र सहमतिको आधारमा परिवार दलले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरिसकेको बताउदै राष्ट्रको चुनौती सामना गर्न सम्पूर्ण राजनैतिक दलहरु एक हुँनु आवश्यक रहेको भन्दै उहाँले उम्मेदवारी बारे पुनर्विचार गर्न आग्रह गर्नु भएको परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ। त्यस्तै अध्यक्ष ढकालले अन्तिम समयसम्म पनि सहमतिकोलागि प्रमुख दलहरुबीच गम्भीर छलफल गराउन प्रधानमन्त्री कोइरालालाई तुरुन्त पहलकदमी लिन पनि त्यसअवसरमा सुझाब दिनुभएको बताइएको छ ।