शनिबार, बैशाख ८, २०८१

कांग्रेस त्रिमुर्तिको बैठक : तोडियो भद्र सहमति, काँग्रेसले पार्टी सभापति सुशील कोइरालाई उम्मेदवार बनाउँने

काठमाडौं आश्विन २३, नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने विषयमा आज निर्णय गर्ने भएको छ । प्रमुख तीन दलका नेताले आन्तरिक र संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गरेपछि कांग्रेसले ठोस निर्णय गर्ने तयारी गरेको हो । यसअघि सम्पन्न काँग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री तथा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मा दिएको थियो ।

संसद्ले आज प्रधानमन्त्रीको उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेका कारण काँग्रेसले आजको बैठकबाट एमालेलाई सघाउने वा आफै नेतृत्वका लागि दावी पेश गर्ने भन्नेमा निर्णय गर्नका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्षनेतावीच छलफल हुँदै गरेको छ ।

यसैवीच काँग्रेस केन्द्रीय समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने भन्दै उम्मेदवार चयनका लागि शीर्ष तीन नेता कोइराला, शेरवहादुर देउवा र रामचन्द्र पौडेललाई दिएको जिम्मा अनुरुप आज बिहान तीन नेताबीचको छलफलले कोइरालाको नाममा सहमति गरेको समाचारस्रोतको दावी रहेको छ । यो सहमति संगै अव मुलुकको नयाँ प्रमकालागि सुशील कोइराला र केपीओलीबीच प्रतिस्पर्धा हुने भएको छ । तीन नेताबीच उम्मेद्‌वारको नाममा सहमति भएपछि आजै १० बजेपछि बस्ने केन्द्रीय कार्यसमितिले उम्मेद्‌वारको औपचारिक निर्णय गर्दै मनोनयन दर्ता प्रक्रियामा जानका पहिले पदाधिकारी र त्यसपछि लागि केन्द्रीय समतिको  बैठकबाट निर्णय गर्दै  बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि काँग्रेस मनोनयन दर्ताको लागि जुट्ने भएका छन ।
यसरी प्रधानमन्त्रीका लागि दुई ठूला पार्टीका उम्मेदवार तोकिएपछि दलहरु आआफ्नो पक्षमा अन्य दलहरुलाई ल्याउन सक्रिय भएका छन् । अहिलेसम्म एमाले अध्यक्ष ओलीलाई एमाओवादी लगायतका १३ वटा साना दलले समर्थन गर्ने बताइसकेका छन् भने कोइरालालाई केही मधेशवादी दलले समर्थन गर्ने देखिएको छ । प्रधानमन्त्री चयनका लागि एमाओवादी र राप्रपा नेपालको मत निर्णायक मानिएको छ । संसदमा एमालेको १ सय ८३ सांसद छन् भने एमाओवादीसँग बाबुराम भट्टराईबाहेक ८४ सांसद छन् । दुवै दलको मिलाएर ओलीको पक्षमा २६६ सांसद पुग्नेछन् । उनलाई प्रधानमन्त्री बन्न थप ३३ सांसद आवश्यक पर्ने देखिएको छ । २०७ सांसद रहेको कांग्रेसलाई एमाओवादीले समर्थन गरिदिएमा भने उसले स्पष्ट बहुमत पाउनेछ ।