शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस केन्द्रीय समितिको बैठक : सरकार गठन बारे निर्णय लिने जिम्मा तीन नेतालाई

काठमाडौ आश्विन २२,  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले नयाँ सरकारको गठन सम्बन्धी निर्णय लिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ । तीनदिनदेखि जारी बैठकले सो निर्णय गरेको महामन्त्री nc flageकृष्ण सिटौलाले आज सञ्चारकर्मीलाई जानकारी दिनुभएके हो । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम आजैबाट सकिएको छ ।

यस अघि बोल्ने केन्द्रीय सदस्यहरुले नयाँ सरकारका लागि हुने बहुमतीय प्रक्रियामा आफैँ उम्मेदवारी दिने वा नेकपा ९एमाले०लाई सघाउने भन्नेबारेमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।  त्यस्तै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्र विधि विधान र प्रक्रिया विपरित केही सीमित नेताले लिने निर्णय आफूलाई मान्य नहुने चेतावनी यस अघिको बैठकमा दिदै तराई मधेसमा भएको आन्दोलनको सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव, मधेसी दलसँगको वार्ता र सहमतिको नयाँ सरकार गठनबारे पार्टीभित्र कुनै जानकारी र निर्णय नगरी केही सिमित नेताहरुले आफूखुशी गरिरहेकोमा नेतृत्वको आलोचना गरेका थिए।  यद्यपी आज सम्पन्न बैठकले नयाँ सरकारको गठन सम्बन्धी निर्णय गर्ने कार्याधिकार पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला , उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाइ दिएको हो ।