बिहिबार, बैशाख ६, २०८१

एमाले अध्यक्ष ओलीद्वारा प्रचण्ड प्रस्तावक र थापाको समर्थनमा प्रधानमन्त्रीको गरे उम्मेदवारी दर्ता

काठमाडौं आश्विन २३,  नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र राप्रपा नेपालका अध्यक्ष कमल थापाको सर्मथनमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने अन्य राजनीतिक दलमा राष्ट्रिय प्रजातन्त्र kpppपार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र नेपाली जनतादलको समर्थन गरेका छन ।

 नेकपा एमाले   अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको  उम्मेदवारी मनोनयन दर्ता गर्दै गर्दा   प्रस्तावको  भूमिकामा रहेका  एमाओवादीका अध्यक्ष पुष्पकम दाहालले  ८ बुँदे  शर्त राखेको  छ  भने   राप्रपा नेपाल लगायतका सानादलले  आकर्षक मन्त्रालयको चाहना राखेको  बुझिएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले शुक्रबार नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरे अनुरुप म प्रधानमन्त्रीमा निर्वाचित भए यी काम गर्न राजी छु’ भन्ने व्यहोराको आवेदनमा उम्मेदवारले हस्ताक्षर गर्नुपर्ने प्रावधान कायम गर्दै एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव सहित आज ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउने समयसीमा तोकिएको छ ।