बिहिबार, बैशाख १३, २०८१

एमालेसँग छलफलपछि मात्रै एमाओवादीले मन्त्रीको नाम दिने

काठमाडौं आश्विन २६, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको पदाधिकारी बैठकले सत्तासाझेदार दलकोरुपमा प्रम एवम् नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीसँग सरकारको कार्यस्वरुपका सवालमा आवश्यक छलफल गरेपछि मात्रै एमाओवादीले सरकारमा सहभागी download (13)गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माका अनुसार पार्टीको तर्फबाट अहिले कृषि विकास मन्त्रीको रुपमा हरिबोल गजुरेललाई सरकारमा सहभागी गराएको र बाँकी मन्त्रालयमा प्रम ओलीसंग आवश्यक छलफल गर्नु पर्ने देखियो र यसपछि आजै अपराह्न पुनः बैठक बसेर मन्त्रीको नाम टुङ्गो लगाइने बताउँनु भएको छ । स्मरण रहोस माओवादीलाइ प्रम निर्वाचनमा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाइ लाई समर्गन गरेवापट गृहलगायत महत्वपूर्ण मन्त्रालय दिने सहमति भएको छ ।