मङ्लबार, बैशाख ११, २०८१

एनआरएनए अध्यक्षमा पुन घले निर्वाचित

काठमाडौ आश्विन २८ , गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आज भएको निर्वाचनबाट निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई ६सय४१को मतान्तरमा पराजित गर्दै अध्यक्ष पदमा पुन शेष घले निर्वाचित हुनुभएको छ ।
images (36) त्यसैगरी उपाध्यक्षद्वय महासचिव,सचिव र कोषाध्यक्षमा क्रमस भवन भट्ट, कुमार पन्त, बद्री केसी,अर्जुनकुमार श्रेष्ठ र हिक्मतबहाुर थापा निर्वाचित हुनुको भएको समाचार प्राप्त भएको छ ।
यसअघि यसअघि अधिवेशनको एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्षद्वय जिवा लामिछाने र देवमान हिराचनले संयुक्त रूपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यसपछि नयाँ कार्यसमितिका लागि अध्यक्षमा निवर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष टिबी कार्कीले फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रनुभएको छ । पूर्वमहासचिव रतनकुमार झाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्वतमान अध्यक्ष घलेलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
नयाँ कार्यसमिति चयन गरेपछि शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।