बुधबार, बैशाख १२, २०८१

उसले खिचेको तस्वीर…

Image13उसले खिचेको मेरो तस्वीर देख्दा
उसैलाई हेरेर मुस्कुराए झैं लाग्छ मुहार
उसले छोडेको वेदनाले दिल दुख्दा
उसैलाई खोजेर रोए झैं लाग्छ मन

मायाले खिचेकी हुन वा यत्तिकै मन भुलाएकी हुन्
त्यो त मात्र उनैले जानुन्
मन भरीएर आउँछ उसले खिचेको त्यो तस्वीर मुसुक्क हाँस्दा
उसैलाई सम्झेर आफैलाई भुले झै लाग्छ मन
उसले कुल्चेर गएको फुल टिप्दा
आफैलाई धिक्कारेर सरापे झैं लाग्छ जीवन

मुटु भित्र सजाएकी हुन वा यत्तिकै आँखा दुलाएकी हुन्
त्यो त मात्र उसैले जानुन्
छाती पोलेर आउँछ उसले खिचेको त्यो तस्वीर झिमिक्क झिम्कींदा
उसैलाई पर्खेर गुजारे झैं लाग्छ यौवन
उसले मोडेर गएको घुम्ती टेक्दा
समयले सोसेर खुन पिए झैं लाग्छ जीवन
– गौतम डंगोल “सन्देश”