बिहिबार, बैशाख १३, २०८१

उपप्रम सिंह आज नेपाल फर्कर्दै

काठमाडौं आश्विन १७, संयुक्त राष्ट्रसंघको ७०औ महासभामा भाग लिन गत आश्विन ६ गते न्यूयोर्क जानु भएका उपप्रधानमन्त्री प्रकाशमान सिंह आज नेपाल dpmफर्कर्दै हुनुहुन्छ ।  कतार एयरलाईन्सको उडानबाट आज दिउँसो सवा ३ बजे उहाँ नेपाल आईपुग्ने  बुझिएको छ ।

महासभामा भाग लिने क्रममा उहाँले चिनिया राष्ट्रपति, अन्य छिमेकी मुलुकका सरकार प्रमुख, संयुक्त राष्ट्र संघका महासचिवलगायतसँग भेट गर्दै उपप्रम सिंहले नेपालमा जारी भएको संबिधान र नाकाबन्दिले नेपालीले सामना गर्नु परेको असहजस्थितीकारे जानकारी गराउनु भएको थियो ।  त्यस्तै स्वदेद फिर्ने क्रममा उपप्रमसिहले पत्रकार सम्मेलनमार्फत बिदेश भ्रमणका क्रममा भएका गतिबिधी र उपलब्धिबारे जानकारी गराउँने तयारी रहेको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनु भएको  छ ।