मङ्लबार, बैशाख ११, २०८१

उपप्रम मन्त्री थापा नेतृत्वको टोलीले इन्धन आपुर्तिमा देखिएको समस्या सल्टाउँन सकेनन

भ्रमणको लागि भ्रमण गर्दै उपप्रम थापा नेतृत्वको टोली आज फर्किदै

काठमाडौं कात्तिक २, नेपालमा जारी नयाँ संविधानप्रति विमति जनाउँदै भारतद्दारा जारी अघोषित नाकाबन्दीका कारण इन्धन आपुर्तिमा देखिएको असहजता लगाउतका सवालमा छलफल गर्न भन्दै भारत भ्रमणमा जानु भएका नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज पनि राजनीतिक भेटवार्तालाइ निरन्तरता दिनु भएको बुझिएको छ।
swaraj-thapa-meaभेटवार्ताको क्रममा उपप्रधानमन्त्री थापाले आइतवार भारतीय विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस।जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको थियो । तर जारी नाकाबन्दीको सवालमा उक्त भेटवार्ता लाभदायक हुन नसकेको बुझिएको छ । उपप्रधानमन्त्री थापाले अघोषित नाबाबन्दी खुलाउँन गरेको आग्रहको प्रतिउत्तरमा भारत सरकारले नेपालमाथि कुनैपनि किसिमको नाकाबन्दी नगरेको भनाइ दोहोरयाउँदै नेपालमा जारी मधेस आन्दोलनका कारण सिर्जना भएको सुरक्षाको कारण सिमानाकामा केहि अवरोध भएको बताएका छन ।
दिल्लीस्थित हाम्रा सहकर्मीका अनुसार उक्त वार्ताको क्रममा नेपालको तर्फबाट उपप्रम मन्त्री थापासँगै परराष्ट सचिव शंकर बैरागी, बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, दिल्लीस्थित राजदूत दीपकुमार उपाध्याय, उपप्रमुख कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सेलर तिर्थराज वाग्लेसहितका पदाधिकारी वार्तामा सम्मिलित रहेको बुझिएको छ ।
यसरी उपप्रम थापा नेतृत्वको टोली र भारतीय विदेशमन्त्रालयकावीच भएको वार्ताको स्पिरिडलाइ विश्लेषण गर्ने हो भने उप्रम थापाको प्रस्तुत भ्रमण आफैमा समस्या समाधान भन्दा पनि नेपाल प्रति भारतको दृष्टिकोण बुझ्नु र निकट भविष्यमानै नेपालका प्रम केपीओलीको मार्फत भारतले पुरा गराउँन चाहेको एजेन्दाको जानकारी दिनु रहेको देखिएको छ । तथापी भ्रमणको लागि भ्रमण गर्दै उपप्रम थापा नेतृत्वको टोली आज सकेर आज फर्किदै हुनुहुन्छ ।  फोटो साभार : MEA India