शुक्रबार, चैत्र १६, २०८०

उपप्रम थापा नेतृत्वको सरकारीवार्ता टोली र मधेसी मोर्चावीच आज निर्णायक वार्ता हुँदै

घनिभूत तयारी सहित प्रदेश सीमांकनबारे स्पस्ट दृष्टिकोण प्रस्तुत गरिने

काठमाडौं कात्तिक ८, आन्दोलनरत मधेसीमोर्चासंग वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ताटोली र मधेसी मोर्चाबीच आज परराष्ट्र मन्त्रालयमा पूर्णतयारीका साथ आ-आफ्ना एजेण्डासहित निर्णायक वार्तामा बस्ने तयारी भएको छ । सरकारी वार्ता टोली सम्वद्ध bartaएक सदस्यका अनुसार मोर्चाको तर्फबाट प्रस्तुत माग सम्बोधनका लागि विशेष लचकता अपनाइने तयारी रहेको बुझिएको छ भने मोर्चाले पनि आजको वार्ताको क्रममा आन्दोलनको माग अन्र्तगत ।

झापा, मोरङ, कैलाली कञ्चनपुरलाई मिसाएर छुट्टै मधेस थरुहट प्रदेश बनाउनुपर्ने, समाबेशि समानुपातिक सिद्धान्त लागू हुनुपर्ने, जनसङख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने लगाएतका माग प्रस्तुत गर्ने भएको छ । यसरी आज हुँने हुँने भनिएको निर्णायक वार्ता अपेक्षाकृतरुपमा सफल भयो भने मुलुकमा विगत लामो समययतादेखि जारी तराइ आन्दोलनले निकास पाउँने विस्वास गरिएको छ ।

यसअघि सरकारीवार्ताटोली र मोर्चा विच बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा भएको प्रारम्भिक चरण अन्र्तगतको वार्तामा दुइपक्षवीच अव हुँने वार्ता प्रदेश सीमांकनबारे स्पस्ट र ठोस दृष्टिकोणसहित निर्णायक वार्ता बनाउँनका लागि घनिभूत तयारी भएको थियो ।