शुक्रबार, बैशाख १४, २०८१

इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिए

काठमाडौं आश्विन २०, काँकडभिट्टाको पूर्वी नाका र विराटनगरको रानी भन्सार नाकाबाट गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएको स्गानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।  यसरी नेपाल भित्रिएका ट्याङ्करमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल download (20)बोकेको २१ वटा र चार वटा ग्यांस बुलेट गाडी रहेको बताइएको छ ।

त्यस्तै औद्योगिक कच्चा पदार्थ, फलफुल, तरकारी, पत्थर कोइला लगायतका ७१ वटा मालबाहक कन्टेनर पनि यो नाका भएर गएराती नेपाल प्रवेश गर्नुको अलावा अझै ७१ वटा पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल प्रवेश गर्न लाइनमा रहेका प्राीत समाचारमा उल्लेख गरिएको छ ।
यस्तै बाँकेको रुपैडिहा–जमुनाहा नाकाबाट पनि भारतबाट मालबाहक ट्रकहरु नेपाल भित्रने क्रम जारी रहेको त्यहाँस्थित हाम्रा सहकर्मीले जनाएको छ ।