शुक्रबार, चैत्र १६, २०८०

इन्धनको चरम अभावलाई दृष्टिगत गर्दै इन्धन ल्याउन निगमद्दारा विश्वव्यापी बोलपत्र आव्हान

काठमाडौ आश्विन २१, भारतीय सरकारको अघोषित नाकाबन्दीका कारण नेपाली बजारमा देखिएको इन्धनको चरम अभावलाई दृष्टिगत गर्दै नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी स्वरुप आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार अहिलेको परिस्थिति सहज नबन्दासम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यास विश्वबजारबाट ल्याउन निगमले बोलपत्र आह्वान गरेको हो ।

अव नेपालले प्रस्तुत आव्हान संगै विश्वका कुनै पनि मुलुकबाट इन्धन लगायतका सामाग्री खरिद गरी जुनसुकै मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । आसन्न वडा दशै लगायतका चाडलाई ध्यामा राख्दै तत्काललाई निगमले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००÷२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्ने उल्लेख गर्दै जाी बोलपत्रमा पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले बोलपत्रमा सहभागी हुन सक्ने जनाएको छ ।  त्यस्तै बजारमा चरम रुपमा इन्धन सङ्कट भएपछि वैकल्पिक उपाय अपनाएर भए पनि इन्धन ल्याउन विश्वव्यापी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनु भएको छ ।