शुक्रबार, बैशाख १४, २०८१

इन्धनको कमीसँगै सडकमा सवारीसाधन न्यून

  काठमाडौ आश्विन १५ , अघोषित नाकाबन्दीका कारण मुलुकमा इन्धनको आपूर्तिमा कमी भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधनमा निकै कमी आएको छ । सामान्य अवस्थामा दैनिक झन्डै आठ हजार सवारीसाधनबाट करिब ७० हजार यात्रु उपत्यकाबाट बाहिरिने गर्थे । बुधबार साढे तीन हजार सवारीसाधनबाट करिब २६ हजार यात्रु मात्रै उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।   भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कमी हुँदै गएपछि मुलुकभर सवारीसाधन सञ्चालन दिन प्रतिदिन घट्दै index11 (1)गएको छ । तराई–मधेसमा आन्दोलन सुरु भएयता सवारीसाधन र यात्रुको आवागमनमा केही कमी हुँदै आएको भए पनि पछिल्लो एक सातामा भने त्यसमा ह्वात्तै कमी आएको छ । उपत्यकामा पनि सामान्य अवस्थाको तुलनामा पछिल्ला दिनमा ५० प्रतिशतभन्दा बढी सवारीसाधनको आवागमनमा कमी आएको छ ।

आश्विन ८ गते सात हजार ३८ सवारी साधनमार्फत उपत्यकामा ५६ हजार ५३९ यात्रु भित्रिएका थिए । आश्विन १३ गते तीन हजार ५९५ सवारी साधनमार्फत २८ हजार ६६५ यात्रु भित्रिएको महाशाखाका प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो । निकै कम सङ्ख्यामा चलेका सार्वजनिक सवारीसाधनका चालकले क्षमताभन्दा बढी यात्रु बोकेको र ढोका खुल्ला राखेको भन्दै ट्राफिकले कडाइ गरेर दुःख दिएको आरोप लगाएका छन् भने महाशाखाले भने यात्रुको सुरक्षाका लागि जाँच गरी सम्झाइबुझाई छोडिएको स्पष्ट पारेको छ ।  त्यस्तै, इन्धनको कमी भएपछि सवारीसाधन सञ्चालनमा लागू गरिएको जोर÷बिजोर प्रणाली विपरीत चलाउने पाँच सयभन्दा बढी सवारीसाधनका धनीलाई पनि सम्झाइबुझाई छााडिएको महाशाखाले जनाएको छ । eheraldpost.com बाट