शुक्रबार, चैत्र १६, २०८०

आज सहकालको देवता मछिन्द्रनाथको भोटो देखाइने

काठमाडौ आश्विन २५, वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको जात्रा अन्र्तगत आज भोटो देखाइएने भएको छ । गत वैशाख ६ गते रथारोहरण गरी ९ IMG_1089sjh_Road-photography_Bhoto_Jatra_2071गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको महाभूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माणगरी गत आश्विन ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु गरिएको हो ।

त्यस्तै यस वर्ष १२ वर्षको मेला परेकाले आज राष्ट्रपतिको उपस्थितीमा लाखौँ सर्वसाधारणको सहभागितामा जावलाखेलमा मछिन्द्रनाथको भोटो देखाइनेछ भने आजको चौथो दिनपछि पुनः बुङ्मतिमा फेरि दोस्रोपटक भोटो देखाउँदै रथ जात्राको समापन गर्ने भएको छ ।