शुक्रबार, बैशाख १४, २०८१

आज शक्तिस्वरुपा महाकालीको विशेष पूजा सहित महाअष्टमी पर्व मनाइँदै

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोस्तु ते ।।

काठमाडौ कात्तिक ४,  आज वडा दशैको आठौ दिन दिन अर्थात आश्विन शुक्ल अष्टमीको अवसर आज देशभरका शक्तिपीठका साथै घरघरमा शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजा अर्चना सहित महाअष्टमी पर्व मनाइँदैछ । काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, kaliसुन्दरीमाई लगायत मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
यस दिन विशेषगरी महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा अर्थात कालरात्रि गर्ने प्रचलन रहेको समेत रहेको छ । देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी उल्लेख गरिएको छ । त्यस्तै आजको दिन महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।पूजापश्चात् बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ भने मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल चढाउँने गरिन्छ ।