बिहिबार, बैशाख ६, २०८१

आज वडादसैैको सातौ दिन दसैँघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ कात्तिक ३, आज बडादसैँ अन्र्तगत आश्विन शुक्ल सप्तमी । आजको दिन देशभरका शक्तिपीठ र दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमाफूलपाती भित्र्याइँदै छ ।
phulpatiशास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको छ । आजको दिन दसैँका लागि आवश्यक पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउँदै यो पर्व मनाइन्छ ।
फूलपातीमा विशेष गरि केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन रहेको छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।  त्यस्तै फूलपातीका दिनदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू परिवारसँग बसेर दुर्गा भवानीको पूजा गर्न, आफ्ना मान्यजनबाट टीका थाप्न र आशिर्वाद लिन आ(आफ्ना घर फर्किरहेका छन् ।