बिहिबार, चैत्र १५, २०८०

आज बहुमतीय प्रक्रिया अन्र्तगत सभामुख, उपसभामुख चयन हुँदै

सभामुख उपसभामुखको चुनाव पछि दलहरु राष्ट्रपतिको निर्वाचनमा केन्द्रीत हुँने
घर्ती सभामुखमा निर्विरोघ निर्वाचित हुने पक्का

काठमाडौं आश्विन २९, आज बहुमतीय प्रक्रिया अन्र्तगत व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुख चयन गर्न आज निर्वाचन हुँदैछ । संविधानको धारा २९९ मा सहमतिका आधारमा सभामुख, उपसभामुख चयन गर्न नसके बहुमतका आधारमा निर्वाचन गर्ने व्यवस्था छ ।
आज बिहान साढे ११ बजेदेखि २ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गर्नुपर्नेछ । ३ बजेदेखि निर्वाचन गर्ने तयारी रहेका संसद सचिवालयले जनाएको छ । उपसभामुख चयनका लागि भने बेलुका ५ बजेदेखि निर्वाचन सुरु हुनेछ । सभामुखको उम्मेदवारमा एमाओवादीको तर्फका तय गरिएको ओनसरी 1442572954403_RoS-Ktm-Sambidhan-2घर्तीलाई उम्मेदवा तय गरिएको छ भने विपक्षी नेपाली कांग्रेसले आज तय गर्ने बताईएपनि संभवत कांग्रेसले दुवै पदमा उम्मेदवारी नदिने निर्णय  गर्ने  तयारी रहेको  बुझिएको छ।

यदि काँग्रेसले उम्मेदवारी दिएन भने  एमाओवादीको उम्मेदवार घर्ती सभामुखमा निर्विरोघ निर्वाचितहुने पक्का भएको छ । त्यस्तै उपसभामुख पाएको राप्रपा नेपालले   आज विहान  गंगाप्रसाद यादवलाई अघि सार्ने निर्णय गरेको  छ ।  यसअघि   कुन्ती साहीलाइ अगाडि ल्याइएको थियो । आज सभामुख उपसभामुखको चुनाव भएपछि दलहरु राष्ट्रपतिको निर्वाचनमा केन्द्रित हुनेभएको छ ।