बिहिबार, बैशाख १३, २०८१

आज प्रम निवास बालुवाटारबाट कोइरालाको बर्हिगमन, ओलीको आगमन हुँदै

काठमाडौ आश्विन २५,  नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुहुने भएको छ । ०७० माघ २७ गते मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुँदै बालुवाटारमा बसोबास गर्दै आउनुभएका कोइरालाले आइतबार व्यवस्थापिका संसदमा भएको नयाँ Koirala-Oliप्रधानमन्त्री चयनको निर्वाचनबाट एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको नयाँ प्रममा निर्वाचित भएपछि निर्वतमान प्रधानमन्त्री कोइरालाले सरकारी निवास बालुवाटार आज छोड्ने तयारी गरेको हो ।
समाचार स्रोतका अनुसार आज काँग्रेसका सभापति कोइराला काँग्रेस नेता डा शशाङ्क कोइरालाको निवास महाराजगन्जमा सर्ने तयारी रहेको बुझिएको छ। मा निर्वाचित भएपछि निर्वतमान प्रधानमन्त्री कोइरालाले सरकारी निवास बालुवाटार आज छोड्ने तयारी गरेको हो ।