शनिबार, बैशाख ८, २०८१

आज अपराह्न १ बजे व्यवस्थापिका संसद्को बैठक बस्दै

राष्ट्रपति तथा उपराष्ट्रपति एवम् सभामुखको चयनका लागि नयाँ नियमावली बनाउँने तयारी

काठमाडौ आश्विन १५, आज नयाँ संविधान जारी भएपछि नयाँ बानेश्वरमा अपराह्न १ बजे पहिलो व्यवस्थापिका–संसद्को अधिवेशन बैठक बस्दैछ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार आजको बैठकमा संविधान जारी प्रक्रियामा असन्तुष्टि व्यक्त गर्दै तराई–मधेसमा आन्दोलन गर्दै आएका bicc-1राजनीतिक दलको मागअनुसार संविधान संशोधनको प्रक्रियासमेत अगाडि बढाइने भनिएपनि त्यसवारे कुनै प्रस्ताव नभएको जनाउँदै बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान सम्बन्धमा पठाएको पत्र वाचन गर्नेे बाहेक अन्य कार्यसूची नभएको जनाएको छ ।

त्यस वाहेक नेपालको संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको एक साताभित्र नयाँ प्रधानमन्त्रीको चयन र त्यस्तै गरि अधिवेशन चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको नयाँ निर्वाचन र अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुखको चयन गर्नुपर्ने व्यवस्था भएपनि राष्ट्रपति र उपराष्ट्रपतिले कोसमक्ष राजीनामा दिने भन्ने कुनै पनि प्रस्ट प्रावधान नभएका कारण समस्या देखिएको राजनैतिक विश्लेषकहरुले बताएका छन ।

यद्यपी राष्ट्रपति तथा उपराष्ट्रपति एवम् सभामुखको चयनका लागि नयाँ नियमावली बनाउनुपर्ने अवस्था रहेकाले त्यसको आवश्यक तयारी गरिएको संसद् सचिवालयले जनाउँदै संविधानको धारा २९८ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरिने र त्यसो हुन नसकेमा संसद्मा कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने प्रक्रियाको सुरुवात हुँने जनाएको छ ।