शनिबार, बैशाख ८, २०८१

आजबाट बडा दसैँको समापन गरिदै

काठमाडौ कात्तिक ९, गत आश्विन २६ गतेबाट सुरु भएको वर्ष ०७२ दसैँ आज समापन गर्दैछ । प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनदेखि kaliसुरु भई आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा सम्म मनाउँने गरिन्छ ।
यसैवीच आज कोजाग्रत पूर्णिमाका अवसरमा ब्रत बसी रातमा महालक्ष्मीको पूजा गर्दा सम्पन्नताकी देवी महालक्ष्मीले रातमा पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आर्शिवाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।