बिहिबार, बैशाख १३, २०८१

अफगानिस्तानमा ११ तालिवान मारिए, उलेख्य परिणाममा हतियार बरामद

एजेन्सी कात्तिक ८,  अफगानिस्तानमा सैनिक र आतङ्ककारीबीच भइको झडपमा परी कम्तीमा ११ जना आतङ्ककारी मारिएका समाचार एजेन्सीहरुले जनाएको download (37)छ । समाचार एजेन्सीले अफगानी गृह मन्त्रालयलाइ उदृत गर्दै शनिबार जारी गरेको प्रेस बुलेटिनमा अफगानि सेनाले तालिवान सशस्त्र आतङ्ककारी विरुद्ध कारवाही सुरु गर्नेक्रममा यसकिसिमको झडप भएको उल्लेख गरिएको छ।

त्यस्तै प्रेस बुलेटिनमा अफगानिस्तानमा पछिल्लो समयमा तालिवानले सुरक्षाकर्मी र सर्वसाधारणको हत्या गर्ने क्रममा लाइ बढावा दिएका कारण प्रस्तुत कारवाही सुरु गरिएको जनाउँदै अफगानी सेनाले आतङ्ककारी विरुद्ध कुनैपनि किसिमको मोलाहिजा नगर्ने बताउँदै स्नाको कारबाहीमा ११ जना आतङ्ककारी मारिनुका साथै ३० जना घाइते भएको र कारबाहीको क्रममा केही आतङ्ककारीहरू समेत पक्राउ गर्नुको अलावा सेनाले ठूलो परिणाममा हतियार पनि नियन्त्रणमा लिएको जनाइएको छ । त्यस्तै जवाफी कारवाही र बारुदी सुरुङ्ग विस्फोटमा अफगान सेनाले पनि ज्यान गुमाएको भएपनि के कति सङ्ख्या हो भन्ने विज्ञप्तिमा खुलाइएको छैन ।