बिहिबार, बैशाख १३, २०८१

अझै कति तडपाउँछौ..

Image12

अझै कति तड्पाउँछौ
अझै कति गलाउँछौ
तड्पाई हेर गलाई हेर
तड्पिन्छु म गलिदिन्छु म
तर तिम्रो कुकृत्य सहन्न म
जलि जलि बाँची दिन्छु म
तर तिम्रो अपमानको सामु झुक्दिन म

म  घिटी घिटी  भई ढलेको बेला
यो जिन्दगीले अन्तिम सास फेरेको बेला
तिमी आई हेर मलाई सोधि हेर
योे शिर उँचो राखि मेरो देश बोल्नेछु
मेरो देश बाँचेको कामना गर्दै हाँस्दै मर्ने छु
अझै कति सताउँछौ
अप्ठेरा उकालाहरु हिंडिरहन्छु म
तर तिम्रो षडयन्त्र सहन्न म
अझै कति तडपाउँछौ

मेरो रगतमा यो मेरो देश बहन्छ
मेरो ढुकढुकिमा मेरो देश ढड्किन्छ
तिमी आई सुन मेरो छाती छामेर हेर
मेरो प्राण आहुति गरी मेरो स्वाभिमान बोल्नेछु
अन्तिम सास सम्म छाती फर्काएर जिउनेछु
अझै कति दबाउँछौ
घाउ गहिरो सहि दिन्छु म
तर तिम्रो दब्दबा सहन्न म
अझै कति तडपाउँछौ

– गौतम डंगोल सन्देश”