काठमाडौं आश्विन १८ ,सहमतीय सरकार गठनका विषयमा छलफल गर्न आज बिहान व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका ३१ दलको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति डा रामबरण यादवले गत शुक्रबार संविधानको धारा २९८ को उपधारा (२) बमोजिम <a सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम आज बैठक बस्न लागेको हो ।
सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीको बैठक बस्ने सम्भावना काँग्रेस निकट एक नेताले जानकारी दिएका छन । राष्ट्रपतिले यस्तो आव्हान गरसंग सहमतिको सरकार गठनका लागि दलले विभिन्न तहमा छलफल चलाइरहेका छन् । ती दलले आन्तरिक र बहुपक्षीय छलफललाई तीव्रता दिइरहेका छन ।
त्यस्तै आजको बैठकमा सहमतीय सरकार गठनको म्याद असोज २१ गतेसम्म रहेको जनाउँदै आजको बैठकमा प्रधानमन्त्री कोइराला तथा प्रमुख दलका नेताहरुले सहमतीय सरकारको आवश्यकता र सान्दर्भिकता बारे स्पष्ट पार्दै सहमतिको राष्ट्रिय सरकार निर्माणमा सहयोगका लागि आग्रह गर्नुहुनेछ बुझिएको छ ।