आइतवार, असार १९, २०७९

 भारतमा: नेपाली नागरिक अवसर र बदलिदो जीवनशैली 

pen-copy-gift-150x1502-गोबिन्द पोख्रेल
भनिन्छ भारतमा डेढ करोड नेपालीहरू छन। त्यस्तै राजधानी शहर दिल्लीमा नेपाली भाषीको बसोवास थुप्रै छ, तथापी वास्तबिक तथ्यांक भने अहिले सम्म पाउन सकिएको छैन। कसैले तिन लाखको हाराहारीमा छन नेपाली भाषी भनेर भन्छन भने कसैले पाँच – छ लाख। तर जे होस यो राजधानी शहरमा लाखौं नेपाली भाषीहरू रहन्छन भन्ने कुरा चाहि स्पष्ट देखिन्छ। परापूर्वकाल देखिको भारत-नेपाल सम्बन्धमा भारतको राजधानी दिल्लीमा रहने नेपाली समुदायले समय-समयमा खेलेको भूमिका र योगदान पनि बडो गजबको नै रहेको पाईन्छ। चाहेत्यो नेपाली भाषा आन्दोलनको विषयमा होस या फेरी नेपाली भाषा साहित्यको जगेर्ना गर्न विभिन्न संघ संस्था द्वारा गरीने विबिध कार्यक्रमहरू नै किन नहोउन।  दिल्लीका नेपाली भन्ने वित्तिकै प्रवासी नेपाली समुदायको साथै नेपाली मूलका ति भारतीय नागरीक जुन अलग-अलग परिवेश अनुसार चिर परिचीत देखिन्छन। कोही गोर्खाली भनेर त कोही भारतीय नेपाली भनेर। सिक्किम, दार्जिलिंग, आसाम, सिलीगुढी, मिजोरम, अरूणांचल, मणिपुर, नागाल्याण्ड, हिमाचल र देहरादुनका गोर्खाली र नेपालका प्रवासी नेपाली समुदाय दिल्लीका आसपासका नोएडा, गुडगांव, फरिदावाद, गाजियावाद शहरहमा रहदै आएकाछन। अध्ययनका लागी नेपालबाट तथा माथी उल्लेखित ठाउबाट ओहोर-दोहोर गर्नेको ताँती पनि लागेकै हुन्छ, विशेष गरी भारतको  राजधानी दिल्ली शहरमा।

नेपाली भाषा बोल्ने क्षमताको निडरताले नै यो पंक्तिकारलाई अलि फरक खालको एउटा बुद्धिजिवी समुदाय भन्न मन लागेको हो। विशेष रूपमा नेपालका नेपालीमा यो विशेष खालको विशेषता कमै भेटिन्छ। प्रवासी नेपाली प्राय नेपाली भाषा बोल्ने कुरामा निर्धक्क देखिदैनन्। आफ्नो परिचय लुकाउन समेत उनीहरू पछी पर्दैनन् । एक्काईसौ शताब्दिको संघारमा आई पुग्दा पनि नेपाली भाषी सबै समुदाय चेतना शुन्य देखिन्छ, आफ्नो मातृभाषाको महत्व प्रति। त्यो पनि दिल्ली जस्तो शहरमा जुन शहरको एकातिर उत्तराखण्डको राजधानी शहर देहरादुनमा करिब ८० प्रतिशत नेपाली भाषीहरू छन र खुलेरै नेपाली बोल्छन। त्यस्तै नेपाली बाहुल्य शहर देहरादुन, गुहाटि, सिलगढी, सिक्किम एवम् दार्जिलिंग जस्ता ठाउमा रहदा र बस्दा नेपाल आफ्नै गाउ- घरमा भए जस्तै भान पनि हुन्छ।

नागरिक दुई देशका तर चिनारी एउटै :नेपाली मूलका भारतीय नागरीक जुन गोर्खाली एवम् भारतीय नेपाली भनेर आफुलाई चिनाउने प्रयासमा निरन्तर संघर्षरत देखिनु दुःखद कुरा हो। यो एउटा मुहिम बनेकोछ, नेपाली मूलका भारतीय नागरिकका लागी। बडो अचम्म र उदेक लाग्छ स्वयम सम्बन्धित देशको नागरिक जसले उसको परिचय पटक(पटक दिई रहनु पर्छ, किन रु तर उसलाई कथम् कदाचित सोधिदैन। कहाको हो भनेर, किन ? उ सम्पूर्ण रूपले भारतीय हो र उसलाई यहाँको सम्बन्धित निकायले चिनेकोछ तर जताउदैन, किन ?  गोर्खाली र भारतीय नेपाली भन्ने जति सबैलाई नेपालबाट जागिर पेशा गर्न आएका प्रवासी नेपाली जति सबै एउटै हुन भन्न भारतीय मानसिकतामा पुग्दा पनि किन परिवर्तन आउदैन, किन? यस्ता थुप्रै प्रश्नले एक जिज्ञासु पत्रकारलाई झक्झकाउनु स्वाभाविकै हो।  यस बिषयप्रति जानकार एवम् गोर्खाली नेपाली बुद्धिजिवी वर्ग सक्रिय त देखिन्छ तथापी भारतीय नागरिक को सोंचमा बदलाव ल्याउन भने सकेको छैन।
राम्रो नोकरी गर्ने देखी भारतीय राष्ट्रिय स्तरको नेताको घरमा काम गर्ने नेपाली हुन त सबै क्षेत्रमा निहित रहेर काम गरेकाछन नेपाली  तर प्राय घरको काम गर्ने र गाडी चालकको कार्यमा बढि लागेको पाईन्छ, भारतभरी। यसरी घरमा काम गर्ने नेपालीको काम भने चुलो चौकोमै समेटिएको हुन्छ। खाना बनाउनमा माहिर हुन्छन नेपालीहरू भन्दै भारतीयले प्रशंसा बेखुवी गर्ने गर्छन र भन्छन नेपालीको हातमै स्वाद हुन्छ जस्तो लाग्छ, भनेर। अर्कोतिर गाउ-गाउमा कुखुरा फार्म देखि वालि पाक्ने बेलामा हरियाणा तथा पन्जाब प्रान्तमा धान काट्ने पनि नेपाली नै हुन्छन र उत्तराखण्डमा घर बनाउने पनि नेपाली नै।

बिद्यार्थीको घुइचो भारत भरि नै –  कम्तीमा पनि दश हजार नेपाली बिधार्थी सिए अध्ययनरत छन भारतको राजधानी शहर दिल्लीको लक्ष्मि नगरमा । मलाई स्मरण छ भारतीय तथ्यांकलाई नेपाल ले उछिनेको भने पक्कै देखिन्छ एकातिर भने अर्कोतिर भारतमा चार्टड एकाउन्टेड करोड माथी पुगेको अनुमान गर्न सकिन्छ। यसका बावजुद ब्यांगलोर, चेन्नैई, पटना, कलकत्ता र मुम्बई शहरहरूमा पनि असंख्य नेपाली बिधार्थीहरू अध्यनरत रहेका छन।

भारतमा नेपाली समुदायको रहन सहन घरदेखि अफिस त्यस्तैगरि ठुला ठुला भवन एवं सपिंग सेन्टर मात्र नभएर चैकिदारी गर्ने नेपालीको रहन सहन एकै खालको देखिन्छ। हुन त पुरानो सोंच र इतिहास नै परिवर्तन भएको पनि भान हुन्छ, वर्तमान अवस्थामा भारतमा बस्दै आएका नेपालीको रहन सहन हेर्दा। पुरानो लामो समयसम्म नेपाली जातीको पहिचान केवल दरबान, भान्से, मसाल्ची र केही गतिला भनेका हरू ड्राईभर हुने गर्दथे। भारतमा ड्राईभरको तहमा रहने नेपालीलाई हिजो हेरिने दृष्टिकोण उ सेक्सन अफिसर जस्तै हो भन्ने भान हुन्थ्यो। तर अहिले तिनै ड्राईभरहरू गाडी मालिक बनेकाछन। हिजो कोठी र होटलमा भाडा माझ्नेहरू चमिन र मोमो पसले बनेकाछन। होटल र गेष्ट हाउसमा उपल्लो तहमा काम गर्नेहरूले आज आफ्नै होटल एवd \ गेष्ट हाउस चलाएका छन। सरकारी निकायमा रहेका तल्लो श्रेणीका कर्मचारीले सुविधा र तलबले घर किन्न सफल भएकाछन। प्राईभेट कम्पनीमा काम गर्नेहरू त्यस्तै काम खोलेर साहु बनेकाछन। चौकीदारी र बिभिन्न श्रेणीमा काम गरी संघ संस्थामा खटिएका सक्रिय ब्यक्ति आज नेता बनेका छन। आजको नेपाली समुदायको रहन सहन र वाताबरण भारतभरी हिजोको तुलनामा धेरै माथी उठेको देखिन्छ।  मेट्रो सहरका बहुराष्ट्रिय कम्पनीका कामदार पनि उल्लेख्यरुपमा नेपालीनै रहेका छन । प्रशिक्षण जरूरी छ  दिल्ली, सिक्किम, दार्जिलिंग, आसाम, सिलीगुढी, मिजोरम, अरूणांचल, मणिपुर, नागाल्याण्ड, हिमाचल र देहरादुनका साथै नेपालका नेपालीहरूलाई यो विषयमा सबै सम्बन्धित निकायमा कार्यरत संघ संस्थाले बेला बखत मातृभाषा र यसको आवश्यकता र औचित्यका विषयमा प्रशिक्षणको कार्यक्रम ब्यापक रूपमा चलाउन जरूरी छ। खासगरी भारतको राजधानी दिल्लीमा।

सुझाव : खिसी गर्नेले गरी रहोस। नेपाली भाषीले नेपाली बोल्नोस, म नेपाली हुँ भन्नोस, कहाँको नेपाली रु भनेर सोधुन अरूले यसका लागी पहल गर्नोस, नेपाली की गोर्खाली रु बरू सम्पूर्ण भारतभरीका अन्य भाषी भारतीय नागरीकहरूले सोधुनका लागी पनि पहल गर्नोस, यी त वीर नेपाली एवं गोर्खाली हुन भनेर अरूले चिन्न सकुन भनेर आफु नेपाली वा गोर्खाली भएकोमा गर्व गर्ने कुरा अरूलाई सुझाउने खालको पहल श्रृजना गर्नोस भन्ने सुझाव यो पंक्तिकारलाई सुझाउन मन लागेको हो।

राजधानी नयाँ दिल्लीको आर. के. पुरम सेक्टर चार मा रहेको नेपाली क्याम्प – आर. के. पुरम नयाँ दिल्लीको एउटा विशिष्ट श्रेणीको कलोनी हो। जहाँ सेक्टर नं. एक देखि तेह्र नं. सम्म अलग अलग डिभिजनमा कलोनी स्थापित रहेकाछन। जो भारतीय केन्द्रिय सरकारको मानदण्ड भित्र पर्ने गर्दछन। यसै आर. के. पुरम सेक्टर चारमा नेपाली बस्ति एवं नेपाली क्याम्पको रूपमा एउटा ठुलै झुग्गि बस्ति रहेकोछ। जहाँ  एक हजार घर परिवार बसोवास गर्ने गर्दछन। ति मध्ये आठ सय जति घर परिवार नेपालीका रहेको पाईन्छ। जुन बस्ति नेपाली बस्ति अर्थात नेपाली क्याम्पको नामले चिर परिचीत रहेको छ।   शिक्षित वर्गको आगमन बृद्धिले जीवनशैली मा आएको तिब्र परिवर्तन -सन् 1980 पूर्व भारत आगमनमा नेपालीहरू आई नै रहेपनी छिमेकी मुलुक भारतको दार्जिलिंगतिरका युवाहरू भने धेरै न्यून रूपमा राजधानी शहरमा आउने गरेको पाईन्छ। तर 1980 पछि नेपालबाट पनि र दार्जिलिंगबाट रोजगारका लागी अलि फरक ढंगबाट युवाहरू दिल्ली आएको बुझिन्छ। अली पढे लेखेका युवाहरू दिल्ली अर्थात भारतका अन्य शहरहरूमा सजिलै आउन थाले। पढेकाहरूले पनि सानो निकायमा काम गर्न थाले। तर उनीहरूले शिप सिकेपछि आफ्नो स्व-ब्यवसाय गर्न शुरूगरे एकातिर भने अर्कोतिर नेपाल र दार्जिलिंग कलकत्तादेखि ब्यापार गर्ने मनशाय राखेर दिल्ली आउनेको संख्या पनि बढन थाल्यो। यसरी शिक्षीत वर्गको तादात बढेपछी सामाजिक क्षेत्रमा असोंचनीय परिवर्तन आएको देखिन्छ।

फलतः नेपालीहरू भारतीय समुदायमा अपहेलित भएर हैन की सम्मान जनक रूपमा ब्यवस्थित हुनथाले। यसरी आएको असोंचनीय परिवर्तनबाट जीवनशैलीमा देखिएको बदलावको अर्को कारण भाषा, संस्कृति र धर्ममा मेलजोल पनि हो, भन्न सकिन्छ र यीनै कारणहरूले पनि नेपालीहरू भारतीय समुदाय एवं स्थानीय समाजको हरेक तहमा घुलमिल भएर अपमानजनक रूपमा हैन सम्मानजनक रूपमा प्रतिष्ठित भएर बसेको पाईन्छ, खासगरी भारतको राजधानी दिल्ली शहरमा। खुला सिमानाको कारण पाएको अवसरले पनि नेपालीहरू भारतमा आएर सानो तिनो काम गरेर गुजारा गर्ने गरेको पाईन्छ। यो अवसर पनि नेपालीहरूका लागी महत्वपूर्ण अवसर नै हो भन्दा अतियुक्ति देखिन्छ। कम लगानीमा सजिलै भारत आएर धेरै नेपालीहरूले रोजगार पाएको र यहाँ कमाएको पैसाले नेपालमा रहेको परिवारले जिविको पार्जन सजिलैसंग गरेको देखिन्छ।

निष्कर्ष :  माथी उल्लेखित बिषयमा गम्भिर रूपमा बहस चलाउने हो भने हामी असफल कहिल्यै हुदैनौ भन्ने कुरामा एकजुट हुन जरूरी छ। जब हामी सबै एकजुट भयौ, भाषा आन्दोलनले नयाँ मोड लियो र भारतीय संबिधानमा स्थान पाएको कुरा नेपाली समुदायले बिर्सनु भएन। एकता अपरिहार्य हो। जसरी रहन सहनमा बदलाव आएकोछ। ठिक त्यसै गरी अन्याय, अत्याचार र पहिचानमा बदलाव ल्याउन जरूरी छ। यसको कडी भनेको केवल एकता एवम् एृकेवद्धता बाट मात्र सम्भव छ र अब खाँचो छ भाषीक अल्प संख्यकको रूपमा आरक्षणका लागी पहल गर्न पनि सुझाव दिन मन लागेको हो, यो पंक्तिकारलाई, यहाँ सम्म पुग्दा। तर सबै कुरामा बुद्धिजिबी वर्गले वहसका साथ गृहकार्य गरेर मात्र निर्णय लिन पनि जरूरी देखिन्छ। के गर्दा उचित हुन्छ ?  भनेर .

लेखक :नेपाल पत्रकार महासंघ भारत च्याप्टरका प्रबक्ता हुन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930