किर्तिपुर कात्तिक ११ , किर्तिपुरमा जारी १२ वर्षे गथु (माली समूदायको) नाचको क्रममा भैरव नाच प्रदर्शन गर्दै । किर्तिपुरको बाघभैरव र सात गाउँको जात्रा लगायतका प्राचीन जात्राहरुमध्ये प्रस्तुत जात्राको पनि आफ्नै ऐतिहासिक विशेषता रहेको बताइन्छ । त्यस्तै किर्तिपुरका गथु अर्थात माली समूदायको नाचमा बाराही बनेर नाच्ने बाहेक बाँकी सवै नर्तकहरु युवाहरु नै हुँने गर्छन ।