निर्वाचन बहुमतिय प्रक्रियामा हुँने भएपनि सहमतिमा सम्पन्न गर्नुपर्ने निचोड
काठमाडौ कात्तिक ९, एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले आगामी कात्तिक ११ गते हुँने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बहुमतिय प्रक्रियामा हुँने भएपनि सहमतिमा सम्पन्न गर्नु पर्ने निचोड निकालेको छ। त्यस्तै उपराष्ट्रपति पदमा भने एमाओवादीले नन्दकीशोर पुन’पासाङ ‘लाई उम्मेदवार बनाउने निर्णय बैठक पछि एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बैठक पछि जानकारी दिनु भएको छ ।
त्यस्तैगरि यदि राष्ट्रपतिको उम्मेदवारमा सहमति बन्न नसके एमाओवादीले सत्तासाझेदार एमालेको उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको पनि बताउँनु भएको छ ।