मङ्लबार, असार २१, २०७९

इन्धनको कालोबजारी गर्ने मनसायले प्रहरी भ्यानको प्रयोग नभएको प्रहरी मुख्यालयको प्रष्टिकरण

काठमाडौ कात्तिक १३, प्रहरी मुख्यालयले गत कात्तिक ११ गते सामाजिक सञ्जाल तथा अनलाईन न्यूज ‘पेट्रोलको तस्करीमा प्रहरी भ्यानको प्रयोग’ शीर्षकमा प्रकाशित समाचारका सम्बन्धमा छानबिन गर्दा इन्धनको कालोबजारी गर्ने मनसायले प्रहरी भ्यानको प्रयोग नभएको खुल्न आएको जनाएको छ ।

press-10‘त्यस्तै मुख्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक कमल सिंह बमद्दारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी सङ्गीत विद्यालयका प्रमुखले व्यक्तिगत प्रयोजनका लागि रात्रिबसमा सप्तरी जिल्लाको कल्याणपुरबाट मगाएको ८० लिटर पेट्रोल कोटेश्वरबाट बा२झ नम्बरको कार्यालयको गाडीमा राखी ल्याउने क्रममा सोही बसमा जिल्ला मकवानपुर सर्कितपलाँसे गाविस–५ घर भई हाल सामाखुसी बस्ने लालबहादुर थिङले आफ्नै ट्याक्सीको प्रयोगका लागि ल्याएको १०५ लिटर पेट्रोलका लागि सहयोग गरिदिन अनुरोध गरेकाले सो पेट्रोलसमेत गाडीमा राखी सामाखुसीस्थित लालबहादुरको पसलसम्म पु¥याइदिएको खुल्न आएको छ’– प्रधान कार्यालयद्वारा आज जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले कार्यालयको गाडी इन्धनको कालोबजारी गर्ने मनसायले प्रयोग नभए तापनि कार्यालय प्रयोजनको लागि उपलब्ध गराइएको सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग भएको पाइएको हुँदा लापरबाहीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीउपर आवश्यक विभागीय कारबाहीको प्रक्रिया सुरू भएको उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930