बिहिबार, बैशाख १३, २०८१

क्याम्ब्रीज इन्स्टीच्यूटका विद्यार्थीलाई विदाई

काठमाडौं आश्विन २,  झापाको बिर्तामोडस्थित क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीले उच्च शिक्षा अध्ययन गर्न भारतको बेङ्लोर जाने विद्यार्थीलाई एक कार्यक्रमकाबीच विदाई गरेको छ ।   झापाको काँकरभिट्टामा एक कार्यक्रमको आयोजना गरी विद्यार्थी विदाइ गरिएको क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीकी व्यवस्थापक सिम्रन सिङखडालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । इञ्जिनियरिङ, नर्सिङ्ग लगायतका प्राविधिक विषय अध्ययन गर्न नेपालमा महंगो शुल्क लाग्ने, नेपालमा राजनीतिक उथलपुथलका कारणले हुने बन्द, हड्तालले अधिकांश समय कलेज बन्द भएर पढाइ पूरा नहुने भएकोले आफ्ना छोराछोरी उच्च शिक्षा अध्ययन गर्न भारत पठाउनु परेका कार्यक्रममा जानकारी दिईएको थियो ।

त्यस्तै क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिङखडाको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई वीएस्सी नर्सिङ्ग, जीएनएम, अफ्थल्मोलोजी, अप्रेशन थ्रिएटर, ल्याब टेक्निसियन, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ, वीवीए वीथ एभिएसन, वीवीएमवीथ एभिएसन लगायतका विषयमा छात्रवृत्तिसहित भर्ना गरिने   प्राप्त समाचारमा उल्लेख  गरिएको छ ।