मङ्लबार, असार २१, २०७९

संविधानले सङ्घीयता र लोकतन्त्रलाई संस्थागत गर्दै लैजान्छ : उपप्रम सिंह

अव मुलुकको आर्थिक समृद्धिको लागि आर्थिक क्रान्तिको मार्ग पहिल्याउँनु पर्नेमा जोड

काठमाडौ आश्विन १,  काठमाडौँ महानगरपालिकाबाट सञ्चालित मेट्रो एफएम ९४.६ मेघाहर्जको १६औँ वार्षिकोत्सवको आज राजधानीमा आयोजित एक विशेष anup_20150918_5anup_20150918_6 anup_20150918_8 anup_20150918_12 anup_20150918_13 anup_20150918_14 anup_20150918_15anup_20150918_17 anup_20150918_18 anup_20150918_20 anup_20150918_23 anup_20150918_24 anup_20150918_27 anup_20150918_28 anup_20150918_31 anup_20150918_32 anup_20150918_35 anup_20150918_36 anup_20150918_38 anup_20150918_39 anup_20150918_41 anup_20150918_44 anup_20150918_47 anup_20150918_48कार्यक्रमकावीच उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधान लेखन विश्वकै उदाहरणीय काम भएको बताउँदै अव नयाँ संविधानले सङ्घीयता र लोकतन्त्रलाई संस्थागत गर्दै लैजाने बताउँनु भएको छ ।

त्यस्तै उपप्रम सिहंले संविधान निर्माणपछि नेपाली जनताको मुहारमा खुसी छाएको बताउँदै अव मुलुकको आर्थिक समृद्धिको लागि आर्थिक क्रान्तिको मार्ग पहिल्याउँनु पर्नेमा जोड दिनुको अतिरिक्त जनतालाई सत्य सूचना दिएर सुसूचित गराउने काममा एफएमले बिषेश भुमिका निर्वाह गरिरहेको जनाउँदै यसलाई थप परिष्कृत ढङ्गबाट जनताका सामु लैजानु पर्ने आवश्यकता रहेको बताउँनु भएको छ ।

त्यस्तै वार्षिकोत्सवको कार्यक्रममा मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले मेट्रो एफएमले स्थानीय निकाय र जनतावीच रहेर सूचना र सेवा प्रवाहमा एफएमले पु-याएको योगदानप्रति सह्राना गर्दै आगामी दिनमा सेवाको क्षेत्र विस्ता गर्दै जानु पर्ने सुझाव दिदै नेपालको पत्रकारितामा नयाँ आयाम थपेको बताउँदै एफएमको सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका अर्का वक्ता नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्थानीय तहसम्म आफ्नो पहुँच वृद्धि गर्न तल्लो तहको विषय रेडियोको प्राथमिकतामा पर्नु पर्ने बताउँदै श्रमजीवि पत्रकारले पाउने सेवा सुविधामा पनि महानगरपालिकाले विशेष ध्यान दिनुपर्ने महानगर प्रशासनको ध्यानकर्षण गराउँनु भएको थियो ।
त्यस्तै गरि कार्यक्रममा बोल्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गले स्थानीय क्षेत्रमा विद्यमान चुनौतीको पहिचान गरि एफएम सेवालाई गुणस्तरीय तथा प्रविधिमैत्री बनाउनु पर्ने बिषयमा महानगरले काम गरिरहेको जनाउँ दिदै स्थानीय सरकारको साझा एफएमको अवधारणमार्फत काठमाडौँ महानगरलाई कसरी योग्य सहर बनाउने भन्ने अभियानमा सुरु गरिएको अभिव्यक्ति दिनु भएको थियो ।
कार्यक्रममा एफएमका स्टेशन म्यानेजर हरिकुमार श्रेष्ठले रेडियो प्रसारण सेवाको गुणसतरीयता तथा क्षमता वृद्धिका विषयमा योजना प्रस्तुत गर्दै स्थानीय सरकारले सञ्चालन गरेको रेडियोको वास्तविकता अव महसुस योग्य हुने बताउनु भएको थियो ।

कार्यक्रममा २०५६ सालमा तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको एफएम सेवा सुरुवाती समयमा १०६ दशमलव ७ मेगाहर्जमा प्रसरण हुने गर्दथ्यो । सर्कुलर्ली पोलराईज्ड ओम्नी डिरेक्सन एन्टेनाबाट प्रसारण हुँदै आएको एफ। एमको मेगाहर्जलाई महानगरबासीको नजिक बनाउन मेगाहर्ज परिवर्तन गरि ९४ विन्दु ६ बनाइएको र हाल समाचार शाखा, कार्यक्रम उत्पादन तथा प्रसारण तथा प्रविधिक गरी २२ जना सञ्चारकर्मीहरु र अन्य समूहका ७ जना गरी जम्मा २९ जना जनशक्ति आवद्ध छन् । बिहान साढे ५ बजेदेखि बेलुका १० ब अलावा बज्रकला कुञ्जले विभिन्न विधा तथा क्षेत्रका नृत्यहरु प्रस्तुत गरेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031