शुक्रबार, चैत्र १६, २०८०

संविधान निर्माणका लागि के देश टुर्क्र्याउनु जरुरी छ ?

IMG_20150414_132016-1 -रविना महर्जन

“नेपाली रहला कहाँ,नेपालै नरहे”

सानो छँदा पढेकी थिएँ मैले, पृथ्वीनारायण शाहले बाइसे अनि चौबिसे राज्यलाई जोडदै सिङ्गो नेपालमा परिणत गरेका थिए रे। यहि कुरो अझै पनि ईतिहासमा जिवितै रहेको पाइन्छ।आज सम्म पनि पाठ्यपुस्तकमा विद्यार्थीहरु यिनै तथ्य पढ्दै छन् र भबिष्यमा पनि पढ्ने छ्न्। यसरी टुक्रा टुक्रा राज्य मिलेर बनेको नेपाल आज आएर फेरि संघीयप्रदेशको नाममा विभाजित हुँदैछ।

नेपाली रहला कहाँ,नेपालै नरहे भन्ने वाक्यको महिमा कता विलिन हुँदै छ,कसैलाई मतलब छैन।पार्टीगत स्वार्थका निमित्त यति धेरै मरिमेटिरहेका छन् हाम्रा नेताहरु ,उहाँहरुलाई न त टिकापुरमा प्रहरी जलाइएकोमा दुख छ न त ठाउँ ठाउँमा भएका आगजनी,हत्या,तोडफोड,कर्फ्यु अनि बन्दको।

लगातारको बन्दका कारण तराइका लाखौं बालबालिका शिक्षा प्राप्त गर्ने अधिकारबाट वन्चित भैरहेका छन्।बिहान बेलुकाको छाक टार्न मजदुरी गर्नुपर्ने मजदुरका परिवार भोको पेट दिन बिताउन बाध्य भैरहेका छन् ।विकाशको खुड्किला चढ्नु पर्ने बेलामा देशले बन्द अनि हडतालकै कारण दैनिक करोडौं रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ। गाउँ गाउँमा डर अनि त्रासले युवाहरु बाध्य भएर घर परिवार छाडेर भागी भागी हिँड्नुपरिरहेको छ।  बालबालिकाको कानमा किताबी ज्ञानको सट्टामा गोली अनि बारुदका आवाज गुन्जिरहेका छन् ।कयौं गर्भवती महिला जारी कर्फ्यु कै कारण प्रसव पीडा भएपनी अस्पताल जान नपाएर मृत्युको मुखमा पुगिरहेका छन् त कतै घरमा मृत्यु भएका मानिसको लास घाट सम्म लगेर दाह संस्कार गर्न पाइरहेका छैनन् ।खोइ यता तिर कुन पार्टीले कहिले ध्यान दिने ?

बन्द संगसंगै आवश्यक खाद्यान्नको मूल्य आकाुिएको छ। किनेर खाने सामर्थ्य भएकाले त किन्लान् अनि खालान् पनि,मजदुरी गरि पेट पाल्दै आएकाले के गर्नेरु पेट्रोल अनि ग्याँसको अभाव सुरु भैसक्यो बजारमा।मौकामा फाइदा उठाउनेले रु १०६ प्रती लिटर पर्ने पेट्रोललाई रु १५० प्रतीलिटर लिँदै कालो बजारी सुरु गरिसके।यी सबैको मार त प्रत्यक्ष अनि अप्रत्यक्ष रुपमा सोझा नेपाली जनताले नै खप्नुपर्ने परेको छ। संविधान निर्माणका लागि के देश टुर्क्र्याउनु जरुरी छ र ?  नेपाली एकता अनि भाइचारामा फाटो ल्याउनै पर्छ र ?

वैशाख १२ मा गएको त्यो विनाशकारी भूकम्पले सिकाएको एकताको पाठ किन भुल्दैछ्न्रुरुके बाहुनै बाहुन या त दलित नै दलितको राष्ट्रिय फुटबल टिम या त क्रीकेट टिम सम्भव छ ररुरुनेवार,बाहुन,क्षेत्री दलित,राई,लिम्बू सबै मिलेर एउटा फुटबल टिम बन्दछ,अनि जितका लागि सबैको भुमिका बराबर नै हुन्छ ।जित अनि सफलता टिमको एकताले मात्र दिलाउन सक्छ भन्ने कुरो नेपाली फुटबल टोलीले केही दिन अघि मात्रै भारतलाई पराजित गरि साफ च्याम्पियनसीपको उपाधी हासिल गरेर देखाइदिसके त।

कुनै बेला भूकम्पले जताततै विनाश गराउँदा ,तराइ रुँदा पहाडीले आँसु पुछ्नुपर्छ,हिमाली समस्यामा पर्दा तराइले साथ दिनुपर्छ,यहि कुरा जताततै फुकिएका थिए।अहिले किन मौन छन् सबैरुरुमुठ्ठी बन्न पाँच औँलानै चाहिन्छ।अनि देशमा नयाँ संविधान आउन विभिन्न दलका नेताहरु एक हुनै पर्दछ । पार्टीगत अनि व्यक्तिगत स्वार्थलाई पर राखेर देशको हितमा सोच्ने कहिले ? एकले अर्कोलाई आक्षेप लगाउन छोडेर सबै कुरालाई समायोजन गरि वर्षौं देखि संविधान कुरि बसिरहेका नेपालीलाई संविधान दिने कहिले ?  राष्ट्रलाई कमलरीमुक्त,खुल्ला दिशापिसाबमुक्त क्षेत्र घोषणा गरेर मात्र हुँदैन,बन्द अनि हड्ताल मुक्त राष्ट्र घोषणा गर्नु आजको आवश्यकता पो किरुरुजातिय द्वन्दलाई अन्त गरि म नेपाली अनि मेरो नेपालू भन्ने भावना जागृत गराउन तिर पो ध्यान केन्द्रीत गर्ने कि?संघीयतको नाममा सिमाङ्कनलाई रोकी चलिरहेका प्रादेशिक द्वन्दलाई सदाको लागि अन्त गर्नु के जरुरी होइन र ? 

(महर्जन ज्ञानोदय उमाविका शिक्षक हुँनुहुन्छ)