शुक्रबार, बैशाख ७, २०८१

३ बुँदे आन्दोलनका कार्यक्रमको घोषणा गर्दै महासंघले भन्यो पत्रकारमाथि आक्रमण नगर

काठमाडौ भाद्र २३, आन्दोलनका क्रममा देशका विभिन्न भागमा आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षबाट पत्रकारमाथि भौतिक आक्रमणसँगै दुव्र्यवहार, धम्की, सञ्चार सामग्री तोडफोड गर्नेक्रम बढेको भन्दै नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज जारी गरेको विज्ञप्तिमा भाद्र २१ गते सोमवार जनकपुरको राममन्दिरbbrelease 23 bhadra

नजिक भइरहेकोे प्रदर्शनको समाचार सङ्कलनको लागि पुगेका पत्रकार महासङ्घ महोत्तरी शाखाका सचिव विक्रमप्रसाद रौनियारलाई पत्रकार परिचयपत्र देखाउँदादेखाउँदै प्रहरीले निर्घात कुटपिट गर्नुका साथै क्यामरा पूर्णरुपमा क्षति पु¥याएकाप्रति महासङ्घले घोर आपत्ती व्यक्त गरेको छ ।

त्यस्तै आज विराटनगरको रानी क्षेत्रमा भएको प्रदर्शनमा पत्रकार महासङ्घ मोरङका कार्यसमिति सदस्य एवम् ‘उज्यालोपत्र’ र ‘गोरखापत्र’ दैनिकका स्थानीय संवाददाता जितेन्द्रनारायण ठाकुर र स्थानीय ‘मकालु’ टेलिभिजनका संवाददाता नवीन कर्णमाथि आन्दोनलकारीबाट साङ्घातिक आक्रमण गर्नुका साथै मकालु टेलिभिजनको एउटा मोटरसाइकलमा आगजनीसँगै क्यामरासमेत तोडफोड भएको पत्रकार महासङ्घले जनाएको छ ।

नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गर्ने पत्रकारमाथि भएको आक्रमण, सञ्चार सामग्री तोडफोड र पत्रकारको मोटरसाइकल आगजनी भएको घटनाको कडा शब्दमा महासङ्घ भत्र्सना गर्दछ । घटनामा संलग्नलाई तत्काल कारबाही गर्न र आन्दोलनका नाममा मौलाएका यस्ता प्रेसविरोधी गतिविधि नियन्त्रण गर्न र पत्रकारको भौतिक सुरक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदै महासङ्घ ‘प्रेस’लाई त्रसित र हतोत्साहित बनाउने यस्ता कार्य तत्काल बन्द गरी सञ्चारकर्मीको सम्मान गर्न आन्दोलनरत पक्षको पनि ध्यानाकर्षण गराउँदछ ।” विज्ञप्तिमा उल्लेख छ ।

यसैवीच पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा केन्द्रीय केन्द्रीय सदस्यहरूको बैठकले बन्दै गरेको संविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनेको निष्कर्ष निकालेको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले ‘नेपालको संविधानको परिमार्जित विधयेक–२०७२’ स्वतन्त्रताको हकको विभिन्न धाराप्रति गम्भीर असहमति जनाएको छ । संशोधन प्रस्ताव संविधानसभामा दर्ता भइसकेको अवस्थामा त्यसको सुनुवाई गरी संशोधन गर्नका लागि बैठकले दबाबमूलक विरोधका कार्यक्रमहरू घोषणा गरेको छ ।

महासंघले विरोध स्वरुप आज घोषणा गरेको ३ बुँदे आन्दोलनका कार्यक्रमम अन्र्तगत नेपाल पत्रकार महासंघले संविधान विधयेकमा संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउने सम्पूर्ण सञ्चारमाध्यमहरूलाई समाचार र विषयवस्तुलाई केन्द्रित गरी विषयको उजागर गर्न आहृवान गर्ने त्यस्तै पत्रकार महासंघका सबै सदस्यहरूले भोलि भाद्र २४ गते विहीबार दिउँसो ११ः०० बजे एकैसाथ ट्वीटर/फेसबुकलगायत सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गर्ने र आ–आफ्नो क्षेत्रका सभासदहरूलाई पनि सोही व्यहोराको मोबाइल सन्देश एसएमएस गर्ने र सन्देशको व्यहोरा महासंघको वेभसाइट  www.fnjnepal.org मा भोलि ११ बजे नै पोष्ट गर्न भनेको छ । साथै सार्वजनिक ध्यानाकर्षण गर्न २०७२ भाद्र २५ गते शुक्रबार दिउँसो ११ः०० बजे काठमाडौंको बबरमहलमा खवरदारीसभा गर्ने र सो कार्यक्रममा सहभागी हुन सञ्चार सम्वद्ध सबै संघसंस्था, पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सवैमा आहृवान गर्ने लगायतका रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031