शनिबार, बैशाख ८, २०८१

३ बजेको शुभ साइत रोज्दै तीन दलका शीर्ष नेताद्वारा संविधान प्रतिमा हस्ताक्षर

काठमाडौ आश्विन १, संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानको परिमार्जित विधेयकको प्रतिमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले 3 dallसंविधानको प्रतिमा हस्ताक्षर गर्नुभएको छ ।  संविधान सचिवालयले व्यवीथा मिलाए अनुरुप वर्णानुक्रमअनुसार दिउसो ३ बजे प्रधानमन्त्री सुशील कोइरालाले ५२१ नम्बरमा संविधानसभा पुगेर हस्ताक्षर गर्नुभएको थियो ।

त्यस्तै सोहि समयमा गरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्णानुक्रमअनुसार ९५ नम्बरमा र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि वर्णानुक्रमअनुसार २७५ नम्बरमा हस्ताक्षर गर्नुभएको थियो ।