शुक्रबार, बैशाख ७, २०८१

०७२ आश्विन ३ गते जीवनको सबैभन्दा खुसीको दिन : सभाध्यक्ष नेम्बाङ

काठमाडौं आश्विन ४ , संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान जारी भएको दिन आफ्नो लागि जीवनको सबैभन्दा खुसीको दिन भएको बताउनुभएको छ ।   आइतवार  संविधान जारी भएपछि पत्रकारहरुसंग कुरा गर्दै उहाँले नेपालको इतिहासमा ०७२ आश्विन ३ गतेको दिनले नेपाली जनताको २००७ download (9)सालदेखिको चाहना सफल पारेको बताउँनु भएको छ ।
त्यस्तै उहाँले संविधान बनाउने चुनौती पार भएको बताउँदै उहाँले यसलाई कार्यान्वयन गर्ने अर्को चुनौती रहेका कारण यसमा सबै लाग्नुपर्ने धारणा अभिव्यक्त गर्दै सकेसम्म सबैलाई समेट्ने प्रयास भएको जनाउँ दिदै “जो साथी बाहिर हुनुहुन्छ उहाँहरूको पनि धेरै योगदान छ, १०० मा ४/५ कुरा पुगेन भनेर बस्नु हुँदैन, आफूले बनाएको संविधानका आधारमा बाँकी कुरा पनि सँगै बसेर समाधान गर्ने तर्फ लाग्नु पर्ने बताउँदै केही दलका असन्तुष्टिलाई सम्बोधन गराउने कुरामा सहजताका लागि आफ्ना तर्फबाट निरन्तर सकारात्मक भूमिका निर्वाह गर्ने सभाध्यक्ष नेम्बाङले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031